• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कुलप्रसाद केसी: गिरिजालाई कालोझण्डा देखाउँदा जागिर गुमाए, कांग्रेसकै समर्थनमा मुख्यमन्त्री बने


बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

काठमाडौं–लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र शंकर पोखरेललाई हटाएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुन सफल केसी राजनीतिक वृत्तमा नाम चलेका नेता होइनन् । तर माओवादी लडाकुहरुमाझ भने उनी परिचित पात्र हुन् ।

Advertisement

उनीसँग एउटा गजबको संयोग के छ भने २०५० सालमा रोल्पा सदरमुकाममा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाउँदा शिक्षकको जागिर गुमाएका थिए तर अहिले उनी त्यही कांग्रेसको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि लाभको पद नलिएका उनी २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा रोल्पाबाट विजयी भएका थिए । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट उनी पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला जस्तो प्रभावशाली मन्त्री पद पाउन सफल भएका थिए ।

यस्तो छ केसीको राजनीतिक यात्रा

२०२७ माघ १० गते रोल्पा नगरपालिका(६ ज्यूवाङमा जन्मिएका केसी विद्यालय तहमै पढ्दा राजनीतिमा जोडिए। पूर्वसभामुख कृष्णबहादुर महराबाट प्रभावित उनी २०४३ सालमा नेकपा मसालको विद्यार्थी संगठनमा आवद्ध भए। विद्यार्थी राजनीति सुरु गरेको चार वर्षपछि २०४७ सालमा पार्टी सदस्यता पाए।

विद्यार्थी राजनीतिमा सक्रिय केसी प्राथमिक तहको स्थायी शिक्षक भए । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्थायी शिक्षकले कालो झण्डा देखाएको भन्दै उनले शिक्षकबाट अवकास लिनु पर्‍यो। शिक्षकबाट राजीनामा दिन परेपछि उनी तत्कालीन जनमोर्चाको राजनीतिमा सक्रिय भए ।

२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेपछि उनी भूमिगत भई माओवादीमा सक्रिय भए। माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए। भूमिगत भई राजनीति गर्न थालेपछि उनको राजनीतिक उचाइ थपिँदै गयो। २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ साल भेरीकर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए।

तीन वर्ष भारतको जेलमा बन्दी

जनयुद्धमा केसीको चर्चा चुलिँदै गएपछि उनी तत्कालीन सेनाको नजरमा पर्न थाले। त्यति नै बेला पार्टी बैठकका लागि भारत जाने क्रममा २०६० साल जेठ २० गते पक्राउ परे। त्यसपछि उनी २०६३ साल साउनसम्म झण्डै तीन वर्ष भारतको पटनास्थित बक्सर जेलमा बन्दी जीवन बिताए।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै केसी जेलबाट छुटेका थिए। जेलबाट छुटेपछि २०६३ सालमा काभ्रेको कामीडाँडा बैठकबाट जनमुक्ति सेना को तेस्रो डिभिजन कमिसारको भूमिका पाए। तत्कालीन माओवादी जनमुक्ति सेना क्यान्टोनमेटमा राखिएपछि वाईसीएलको इन्चार्जको भूमिका पाए।

लडाकू स्वभावका केसी तत्कालीन माओवादीमा दुईलाइन संघर्ष भएपछि मोहन वैद्यतिर लागे। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिलाई धोका दिएको भन्दै २०६९ सालमा वैद्यले नेकपा(माओवादी गठन गरेपछि मूल पार्टी एकीकृत माओवादी छोडे।

प्रचण्डको साथ छोडेका केसी दोस्रो संविधानसभा निर्वाचन बहिस्कार अभियानमा लागे। वैद्यसँग झण्डै चार वर्ष बस्दा समेत केही हुन नसकेपछि केसी रामबहादुर थापा ‘बादल’सहित फेरि प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए। एमाले–माओवादी तालमेल गरेपछि केसी रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भए।

तत्कालीन एमाले( माओवादी गठबन्धनमा एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री भएपछि केसीले माओवादी कोटाबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका थिए ।

बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.