• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विरोध परिवारको लोभलाग्दो विरोधाभास : तीन पुस्ता तीनतिर


शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित

पुराना कम्युनिस्ट नेता बद्रीप्रसादका छोराबुहारी विरोध र मुनु सक्रिय राजनीतिमा छन्। नातिनि शृंखला भने सुन्दरी प्रतियोगिता जितेर अहिले पढाइ र समाजसेवामा छिन्। यो तीन पुस्ताको आ-आफ्नै लक्ष्‍य छ, आफ्नै उद्देश्य पनि।

Advertisement

 

तस्बिरहरू : मनिष अर्याल

 

काठमाडौं- बद्रीप्रसाद खतिवडाको तीन पुस्ता आफू, छोराबुहारी र नातिनी सबै आ-आफ्नै लयमा छन्। वि.सं १९९१ मा मकवानपुरगढीमा जन्मिएका बद्रीप्रसाद खतिवडा दुईजना दिदी एक दाजुपछि कान्छा भाइ हुन्।

राजनीतिमा भावनात्मक रूपले ०१२ सालतिर जोडिए पनि उनी भौतिक हिसाबले भद्रअवज्ञा आन्दोलनबाट संलग्‍न भए। योजनाविना आन्दोलन हेर्न गएका उनी एकाएक राजनीतिमा होम्मिए। उनले ०१६ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्‍पलालको हातबाट पार्टी सदस्यता लिएका थिए। करिब ०५० सालसम्म उनी राजनीतिमा सक्रिय थिए। त्यतिन्जेल पार्टी र जनताको हकहितका लागि निरन्तर लडिरहे।

पञ्‍चायती व्यवस्थाविरुद्धको राजनीतिक आन्दोलनमा उनको उल्लेखनीय सहभागिता रह्यो। यसका साथै उनले ०३६ सालको शिक्षक आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाए। खतिवडा पञ्‍चायतकालमै मकवानपुरलाई कम्युनिस्टमय बनाउने नेता थिए।

यस्तै, बद्रीप्रसादका छोरा विरोध खतिवडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मा जन्मिएका हुन्। उनले कानूनमा स्नातक गरेका छन्। ०३५ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्ष बनेका उनको राजनीतिक यात्रा पनि कम्युनिस्ट आन्दोलनबाटै अगाडि बढ्यो, जुन अद्यापि कायम छ। त्यससँगै ०३७ देखि ०४० सालसम्म अनेरास्ववियु केन्द्रीय सदस्य र कम्युनिस्ट पार्टीमा आबद्ध भए, उनी।

२०३५ सालदेखि विद्यार्थी र पार्टी फाँटमा सक्रिय उनले एमाले गठनपछि केन्द्रीय लेखा आयोग सदस्य, उद्योग विभाग सदस्य भएर काम गरे। ०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत बने। ०४८, ०५१, ०५६ र ०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए, मकवानपुरबाट।

मुलुकमा गणतन्त्र स्थापनापछि गठित दुईवटा संविधानसभामा उनी अटाएनन्। करिब १८ वर्षपछि मात्र उनलाई पुनः प्रतिनिधिसभामा निर्वाचित हुने संयोग मिल्यो। मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि पुनः शुरु भयो, विरोधको नियमापत्ति शृंखला। खतिवडाको विशेषता नै हो, संसद बैठकमा कुनै विषय तलमाथि हुनासाथ उठेर नियमापत्ति गरिहाल्ने। अनि संसद बैठकलाई रोचक बनाउने।

चारपटक प्रत्यक्ष निर्वाचित सांसद उनले मन्त्री बन्‍ने अवसर भने पहिलोपटक पाए, ०७८ सालमा। जब उनी केपी ओली नेतृत्वको एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भए, सांसद निर्वाचित हुन थालेको ३० वर्षपछि मन्त्री बन्‍ने अवसर पाए। र, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिमण्डलमा उनले २२ असोज ०७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका पाए। संयोग कस्तो भने वर्तमान मन्त्रिमण्डलमा उनी एकीकृत समाजवादीको नेतृत्व गर्दै मन्त्री बनेका छन्।

बद्रीप्रसाद खतिवडाका दुई पुस्ता त कम्युनिस्ट राजनीतिमै सक्रिय रह्यो- उनी, छोरा विरोध र बुहारी मुनु सिग्देल। बद्रीप्रसादकी नातिनी शृंखला भने राजनीतिमा आएकी छैनन्। तथापि, उनी समाजमा भइरहेका हरेक घटनामा चासो र चिन्ता व्यक्त गर्न छुटाउँदिनन्।

 

 

विरोधकी पत्नी मुनु पनि मकवानपुरको राजनीतिक वृत्तमा चर्चित नाम हो। माओवादीसँग एकीकरण हुनुअघि उनी एमाले मकवानपुर अध्यक्ष थिइन्। एमाले-माओवादी एकतापछि नेकपाको जिल्ला अध्यक्ष पनि उनी नै भइन्। अनि एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा तत्कालीन एमालेको जिल्ला कमिटीसहित प्रवेश गरिन्। पञ्‍चायतकालदेखि नै कम्युनिस्ट राजनीतिमा लागेकी उनले तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर काम गरिन्।

२०४६ को आन्दोलनताका अनेरास्ववियूको जिल्ला अध्यक्ष थिइन् उनी। आन्दोलनका क्रममा एक प्रहरीको मृत्यु भएपछि उनी पक्राउ परिन् र उनलाई आजीवन कारावासको सजाय सुनाइयो। ०४६ सालको परिवर्तनपछि मात्र उनी रिहा भइन्।

कम्युनिस्ट राजनीतिमा हजुरबा र बाबु-आमाको सक्रियताका कारण शृंखला खतिवडा पनि राजनीतिका विषयमा कुरा सुन्दै हुर्किइन्। संयोग कस्तो भने बुवाआमा आबद्ध कम्युनिस्ट राजनीतिले सुन्दरी प्रतियोगिताको विरोध गर्थ्यो। शृंखलाले भने त्यसको परवाह गरिनन्, सुन्दरी प्रतियोगितामा भाग लिने आफ्नो इच्छा मारिनन्। र, बनिन् ‘मिस नेपाल २०१८’।

‘मिस नेपाल २०१८’ विजेता शृंखला चीनमा सम्पन्‍न भएको मिस वल्र्डको ६८औं संस्करणमा सहभागी भइन्। उनलाई हौसला दिन बाबु-आमा दुवै चीन पुगेका थिए। नेपाली युवती मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्‍ट ३० मा पर्न सफल भएको त्यो पहिलोपटक थियो।

खतिवडाको परिवारको दुई पुस्ताले त राजनीतिमा संघर्ष गरेकै थिए। तेस्रो पुस्ता अर्थात् शृंखला भने सामाजिक, सांस्कृतिक गतिविधिमा मात्र छिन्। उनी अहिले अमेरिकाको हार्वर्ड विश्‍वविद्यालयमा शहरी विकास विषयमा स्नातकोत्तर अध्ययनरत छिन्। शृंखला इन्जिनियरिङकी विद्यार्थी हुन्। उनका बाजे बद्रीप्रसाद भने कम्युनिस्ट राजनीति त्यागेर अहिले ‘नोटा अर्थात नो भोट’ अभियान चलाइरहेका छन्। आफ्ना छोरा-बुहारी संसदीय राजनीतिमा सक्रिय रहँदा बद्रीप्रसादलाई ८८ वर्षको उमेरमा ‘नो भोट अभियान’ले आकर्षित गरेको छ। अर्थात्, बद्रीप्रसादका तीन पुस्ता एउटै परिवारभित्र आ-आफ्नै लक्ष्‍य र योजनामा काम गरिरहेका छन्।

विरोधाभासका तीन धार

स्वार्थ वा कुनै लाभका लागि राजनीति गरिएको छ भने अर्कै कुरा हो। यो परिवारले राजनीतिलाई समाजसेवा मान्छ। त्यसभन्दा अरू कुनै स्वार्थ नभएको शृंखलाकी आमा तथा सांसद मुनु सिग्देल बताउँछिन्।

‘सबैजना आ-आफ्नो काममा हुन्छौं,’ उनी भन्छिन्, ‘सबैजनासँग आ-आफ्नै क्षमता छ। बुवा नेपाल कम्युनिस्ट पार्टीको संस्थापक हुनुहुन्छ। उहाँमा नवीन विचारहरू सधैँ आउँछन्। जहिल्यै नयाँ कुरामा लागिरहनुहुन्छ। हाम्रो परिवारमा कसैको कसैप्रति कुनै किसिमको दबाब छैन। आफूलाई मन लागेको सही काम गर्न सबैजना स्वतन्त्र छौं। जसरी प्रत्येक व्यक्ति स्वतन्त्र छन्, त्यसैगरी हाम्रो परिवारभित्र पनि स्वतन्त्र छौं।’

बद्रीप्रसादको धारणा पनि बुहारी मुनुको जस्तै छ। भन्छन्, ‘परिवारमा सबै स्वतन्त्र छौं। परिवारको बसाइ, खानपान र संस्कारलाई नबिगारी राजनीतिमा कसैले कसैलाई हस्तक्षेप नगरी अगाडि बढिरहेका छौं।’ आफूले सोचेजस्तो राजनीतिक परिवर्तन नदेखेर पछिल्लो केही वर्षयता बद्रीप्रसाद विरक्तिएका छन् तर, युवालाई राजनीतिमा ल्याउन लागिपरेका छन्।

मुनुका अनुसार आफूलाई लागेको काम गर्न हरेक नागरिक स्वतन्त्र छन्। एउटा परिवारको हिसाबले एउटै घरमा बसे पनि राजनीतिक दृष्‍टिकोणमा झगडा छैन। सबैले एकअर्कालाई बुझेको कारणले तीन पुस्ता आ-आफ्नो लक्ष्‍यतिर अग्रसर छन्।

‘हामी दुईजना राजनीतिमा सक्रिय छौं। बुवाको सक्रिय राजनीति उमेरको हिसाबले छैन। उहाँले सुझाव-सल्लाह दिइरहनुहुन्छ। अझै पनि बुवा परिवर्तनकै पक्षमा हुनुहुन्छ। समयसापेक्ष देशमा परिवर्तन हुनुपर्छ भन्‍ने उहाँको पक्ष छ,’ मुनु भन्छिन्, ‘यसैगरी, छोराछोरी पनि पढेलेखेका छन्। संसार देखेका, जानेका, बुझेका छन्। समाज, राजनीति, अर्थ, धर्म संस्कृति बुझेका छन्। कसैले कसैलाई केही भनिरहनुपर्दैन, उनीहरू आफैं सक्षम छन्। मलाई, श्रीमान्, बुवा, छोराछोरी कसैलाई पनि कुनै किसिमको दबाब छैन। हामीभित्र समझदारीको बलियो धागो छ।’

उनका अनुसार परिवारमा देश, घटना, समाज, परिवर्तनका विषयमा विचार आदानप्रदान हुन्छ। हुन आवश्यक पनि छ। एउटै पार्टीमा भए पनि कहिलेकाहीं सबैको मत कहाँ मिल्छ र ! परिवारमा छलफल सकारात्मक चिन्तन र सकारात्मक स्तरसम्म पुग्‍नका लागि हुने गरेको मुनु बताउँछिन्।

राइट टु नो भोट

करिब ४० वर्ष प्रत्यक्ष रूपमा राजनीतिक परिवर्तनका लागि लागिपरेका बद्रीप्रसाद अहिले ‘राइट टु नो भोट’ अभियानमा लागेका छन्। आउने पाँच वर्षपछि हरेक युवाको काँधमा राजनीतिक जिम्मेवारी सुम्पिनु यस अभियानको एक मात्र उद्देश्य हो।

‘२०१३ सालसम्म बन्द हुँदा मातृकाप्रसाद कोइराला र टंकप्रसाद आचार्यको सरकार छँदा कम्युनिस्टलाई खुला गरियो, त्यसअघि प्रतिबन्धितजस्तै थियो,’ खतिवडा भन्छन्, ‘२००७ सालमा प्रजातन्त्र आए पनि कांग्रेसले ब्यान्डजस्तै गर्‍यो। त्यतिबेला दुईवटा समस्या प्रबल थिए। कांग्रेसले गर्न नहुने कामहरू गर्‍यो। एउटा, कोशी नदीको ९५ प्रतिशत पानी भारतलाई सित्तैमा दियो। अर्को, नेपालका १८ ठाउँमा भारतका सैनिक मिसन स्थापना भए। चीनलाई ‘वाच’ गर्ने हेतुले हिमाली क्षेत्रमा चेकपोस्ट राख्यो। देश र जनताको हितविपरीत भएका कार्य देखेर मेरो कम्युनिस्टतिर झुकाव बढ्यो र राजनीतिमा आएँ।’ तर, राजनीतिले परिवर्तन ल्याए पनि जनताको हितमा काम नगरेको अभियानतर्फ मोडिएको उनको भनाइ छ।

‘अहिलेका युवालाई क्याम्पसमा गएर सोधियो भने राजनीतिप्रति वितृष्‍णा भएको बताउँछन्,’ बद्रीप्रसाद भन्छन्, ‘उनीहरूको बुझाइ के छ भने देशमा रोजगारी छैन। भएका रोजगारी नेताहरूका आफन्तलाई भागबण्डा गर्नै ठीक्क हुन्छ। त्यसैले आफ्नो योग्यता, क्षमताअनुसार विदेश जाने सोच बनाइरहेका छन्। देशका युवा विदेशमा गएर कतार, दुबई, बेलायत, मलेसिया बनाउन थालेपछि नेपालको विकास कसरी हुन्छ?’

विरोध परिवारको लोभलाग्दो विरोधाभास : तीन पुस्ता तीनतिर

उनका अनुसार जुन समस्या जतिबेला आयो, त्यहीबेला समाधान गर्नुपर्छ। देश झनझन् गरिब भइरहेको छ। समयै उपचार गरियो भने रोग निको हुन्छ। अहिलेको राजनीति पैसावाला, मसल र माफियाको कब्जामा रहेको उनको ठम्याइ छ। कालोबजारीको हितमा काम हुने गरी अहिलेका नेतृत्वहरूले काम गरिरहेको उनी बताउँछन्। भन्छन्, ‘उमेरका कारणले वृद्धवृद्धाले अहिलेको राजनीतिलाई चुनौती दिन सक्दैनन्।’

‘प्रविधि सिकेका, जोश, जाँगर भएका युवा राजनीतिमा पस्न मन गर्दैनन्,’ उनी भन्छन्, ‘यो सरकारका लागि अवसर भएको छ। चुनौती नभएपछि उनीहरू खुशी हुन्छन्। यी सबै कुरालाई मध्यनजर गरेर यसको निराकरण गर्ने सोचले गत ७ फागुनदेखि ‘राइट टु नो भोट’ अभियान सञ्‍चालन गरिएको हो। नेपाली शब्दमा बुझ्‍नलाई सजिलो होस् भनेर यसलाई ‘नो भोट’ पनि भनिन्छ।’

छोटो भाषामा ‘नोटा अर्थात नट अफ द एभभ’। कुनै पनि उम्मेदवार मन परेन भनेर मतदान गर्न पाउने अधिकार आवश्यक रहेको बद्रीप्रसाद बताएँछन्। यसमा आफूलाई कुनैपनि उम्मेदवार मन नपरेको खण्डमा ‘नो भोट’ भनिएको ठाउँमा भोट हाल्न पाइने व्यवस्था हुनुपर्ने माग हो यो। यही माग अहिलेको युवा पुस्ताले पनि गरिरहेको छ। अर्थात्, उमेरले ८८ वर्ष लागिसक्दा पनि बद्रीप्रसादको युवा जोश उस्तै छ, ज्येष्‍ठ नागरिकका लागि मात्र होइन, युवाका एजेन्डा उठाउँदै आएका छन् उनले।

 

 

‘उम्मेदवार मन परेन तर मतदानमा भाग लिने मन छ,’ खतिवडा भन्छन्, ‘त्यसपछि तिमीहरू मन परेनौ भनेर भोट दिने ठाउँको व्यवस्था सरकारले गर्नुपर्छ। धेरै देशमा यो लागू भएको छ।’ उनका अनुसार नेपालमा पनि मतपत्रमा ‘राइट टु नो भोट’को व्यवस्था गरिनुपर्छ भनेर सर्वोच्च अदालतमा केही वर्ष अगाडि रिट पर्‍यो। सर्वोच्चले उक्त व्यवस्था गरिनुपर्छ भन्दै सरकारलाई आदेश दियो। तर, सरकारले आदेश पालना गरेन। ‘आदेश पालनाका लागि कानून बनाउनुपर्छ। कानूुन नबनी व्यवहारमा आउँदैन। कानून नबनाइन्जेल निर्वाचन आयोगले व्यवस्था मिलाउँदैन,’ उनी भन्छन्। ‘नो भोट’को प्रक्रियामा जान सर्वोच्चले आदेश दिए पनि सरकार नगएको खतिवडाको भनाइ छ।

उनका अनुसार भविष्‍यमा राजनीतिमा युवा संलग्‍नता हुनेगरी अभियान सञ्‍चालन गरिएको हो। यस अभियानलाई सबल बनाएर अबको पाँच वर्षपछि राजनीतिमा कुनै पनि सिट बाँकी नरहने गरी युवाको सहभागिता गराउने उनको लक्ष्‍य छ।

‘यो पाँच वर्ष सिक्ने अवधि हो। नयाँ कुरा सिक्न, बुझ्‍न समय लाग्छ। यी पाँच वर्षमा हरेक नागरिकलाई ‘नो भोट’ अभियानद्वारा जनचेतना दिइनेछ,’ उनी भन्छन्, ‘आगामी पाँच वर्षमा हरेक युवाको काँधमा राजनीति ल्याउने यस अभियानको उद्देश्य रहेको छ। पाँच वर्षपछि युवा जमातले राजनीतिमा दिशा समाउँछ। राजनीतिक लगाव युवाको हातमा, सन्तुलित विकासको जिम्मेवारी युवाको काँध भन्‍ने नाराका साथ अघि बढ्नेछौं।’ यस कदमले आगामी पाँच वर्षमा राजनीतिले मुहार फेर्ने उनको विश्‍वास छ।

‘राइट टु नो भोट’को विचार बद्रीप्रसादको मनमा पहिलेदेखि गढेर बसेको थियो। यही सोचलाई निरन्तरता दिन उनीसँगै अन्य व्यक्तिहरू मिलेर यो अभियान सडकमा ल्याएका छन्। यो अभियानले जनताको मन जित्न नसकेको राजनीतिलाई परिवर्तन गर्न युवा जमातलाई राजनीतिमा अग्रसर गराउने ध्येय बोकेको छ। यस अभियानमार्फत भ्रष्‍टाचारी दलको छायाछिटो नपरेका, अराजक दलबाट वाक्क भएर परिवर्तनका लागि कम्मर कसेका युवालाई राजनीतिमा संलग्‍न गराइनेछ।

शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.