शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको हो। उक्त खेल अब २६ माघमा हुनेछ।
नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल २ माघमा हुने तालिका थियो। तर, च्यासलका नौ खेलाडीमा कोभिड-१९ पुष्टि भएपछि खेल स्थगित गरिएको थियो।
जारी लिगमा पुलिस आठ खेलमा सात अङ्क जोडेर ११औँ स्थानमा छ भने समान आठ खेल नै खेलेको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा छ।