पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावर मरेको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले शुक्रबार जनाएको छ।
पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीका अनुसार जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आकलनमा लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावर मरेका हुन्। अरुशा, किलिमन्जारो, मरोरा, मोरोगोरो, टांगा र कोस्टमा यी जनावरहरू मरेका हुन् ।
यी ६ वटा क्षेत्रमा मौसमी वर्षापछि लामो सुक्खाका कारण चौपाया लगायतका जङ्गली जनावरहरू प्रभावित भएका एनडीकीले सिन्हवालाई बताए। उनले भने, ‘यी छ वटा क्षेत्रमा जनवरीको अन्त्यतिर पानी पर्न थालेको छ यसका लागि हामी भगवानप्रति आभारी छौँ।’ सरकारले पशुहरूलाई थप मृत्युबाट बचाउने उद्देश्यले विभिन्न उपायहरू अपनाएको छ, जसमा गाईलाई किर्नाबाट जोगाउन गाईवस्तु डुबाउने पोखरीहरूको निर्माण गरिएको छ । पशुपन्छीलाई पानी उपलब्ध गराउन पशुपंक्षी तथा मत्स्य मन्त्रालयको सहयोगमा छनोट गरिएका क्षेत्रमा बोरीङहोल खन्दै आएको मन्त्रालयले बताएको छ।