काठमाडौं- सुनसरी ईटहरी उपमहानगरपालिका-४ नमुना गेटस्थित सडकमा को.१ ख ६१०८ नम्बरको ट्याङ्करमा को.१ ह ६४४१ नम्बरको अटो ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार धरान उपमहानगरपालिका-१५ बस्ने ५६ वर्षीय योगेन्द्र बजगाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोचालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ हरकपुरामा लु.१८ प ८६०५ नम्बरको स्कुटर र यूपि ५६ एएन ७२३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत घर भएका १९ वर्षीय अरविन्द चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै सवारी साधनमा सवार ४ जनामध्ये २ जनाको सोही अस्पतालमा र अन्य २ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।
धनकुटा धनकुटा नगरपालिका-७ जिरोप्वइन्टस्थित सडकमा मे.१ ह ४४७४ नम्बरको अटो आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक छथरजोरपाटी गाउँपालिका-१ घर भएका ६० वर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी दुहबी नगरपालिका-३ फुटानी चोकमा को.३६ प ५०५७ नम्बरको स्कुटरलाई को.१ ख ४०४३ नम्बरको बसले मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तेह्रथुम साब्ला तंफुला-४ बस्ने ६८ वर्षीय गोपाल बहादुर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोटाङ रावाबेशी गाउँपालिका-५ भदौरेमा प्रदेश २-०३-००१ त ३२९४ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा लेवर काम गर्ने सोही गाउँपालिका-५ भदौरे बस्ने १३ वर्षीय रोशन बिकको मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी चोकमा प्रदेश ०३-००-१ ख २१४० नम्बरको ट्रकले प्रदेश १-०१-०१५ प १७६५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-८ बस्ने २७ वर्षीय बम बहादुर लेप्चाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।