काठमाडौं- काठमाडौं महानगरपालिका-२२ खिचापोखरी डेरा गरी बस्ने भारत पश्चिम बंगाल घर भएका ६० वर्षीय प्रशान्त सरकार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी दोगडाकेदार गाउँपालिका-२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महरा सोही ठाउँ सोतेखोला नजिकैको पसलभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सोमबार बिहान बारिमा बाख्रा चराउन गएकी उनी घरफर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त पसलमा उनको शव फेला परेको हो ।
धादिङ सिद्धलेक गाउँपालिका-१ माझ नलाङस्थित सडकको नालामा सोही ठाउँ बस्ने ३६ वर्षीया साबित्री भट्ट सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।