काठमाडौं- सर्लाही बागमती नगरपालिका-३ धरहरास्थित उखुबारीमा सोही ठाउँ बसी ज्याला मजदुरीको काम गर्ने भारत घर भएका ३५ वर्षीय पवन राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अछाम मेल्लख गाउँपालिका-२ डाँडासिरी खार्पाटा रातामोला खोला नजिक सोही गाउँपालिका सानखेत बस्ने ३४ वर्षीय हंश बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी राजबिराज नगरपालिका-८ भलुवाही खोलामा माटोको बोराले थिची राखेको अवस्थामा आइतबार नवजात शिशुको शव फेला परेको छ ।
बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ जैतापुर घर भएका रामाकान्त यादबको छोरा ५ वर्षीय बिबेक यादबको आइतबार बेलुकी डुबेर मृत्यु भएको छ । निजगढ नगरपालिका-७ लिचिटोलस्थित धाराको पानी जम्मा गर्न खनेको खाल्डो नजिक खेल्ने क्रममा अचानक उक्त खाल्डोमा डुबेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।