काठमाडौं- काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हनुमान मैदा मिलमा काम गर्ने सोही महानगरपालिका-३२ पेप्सीकोला डेरा गरी बस्ने महोत्तरी समसी नगरपालिका-४ घर भएका ६० वर्षीय उमेश झा सोही मिलको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा रामपुर नगरपालिका-१० जलबिरेस्थित जलविरे सामुदायिक जंगलमा सोही नगरपालिका-१० वर्दले बस्ने ९१ वर्षीया धर्म कुमारी न्यौपाने बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
दोलखा, भिमेश्वर नगरपालिका-७ खोलेभित्तेस्थित खोला किनारामा सोही नगरपालिका-४ जुलु बस्ने ६० वर्षीय कृष्ण बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा मकालु गाउँपालिका-५ मुलगाउँ बस्ने ३२ वर्षीय बुद्धीमान राई सोही ठाउँस्थित भिरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान घरबाट काम बिषेशले स्थानीय बिद्यालय जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो ।