बारा- लागूऔषध मुद्दा र लेनदेन मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका फरार प्रतिवादी बारागढी गाउँपालिका-४ बस्ने ६० वर्षीय सुरेन्द्र साह (बनिया) कानु र लेनदेन मुद्दाका फरार प्रतिवादी बारागढी गाउँपालिका-४ पथरा टोल बस्ने ७५ वर्षीय सखिचन महरा रहेका छन् ।
उनीहरुमध्ये सुरेन्द्रलाई जिल्ला अदालत बाराको २०७४ साउन ९ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष ३ महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको तथा सखिचनलाई जिल्ला अदालत बाराको २०७५ फागुन १५ गतेको फैसला र २०७७ पुस २७ गतेको आदेशले लेनदेन मुद्दामा ६ महिना कैद ठहर भएको थियो ।