Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

यस्तो थियो सीके राउतविरुद्ध मन्त्री रेणु यादवको अभिव्यक्तिको अन्तर्य

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ माघ १३ गते, २१:२४ बजे प्रकाशित
in लङरिड
0
यस्तो थियो सीके राउतविरुद्ध मन्त्री रेणु यादवको अभिव्यक्तिको अन्तर्य
72
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतविरुद्ध अभिव्यक्तिका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव अहिले विवादमा परेकी छन्। ५ माघमा रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री यादवले दिएको अभिव्यक्तिका कारण उनलाई राजीनामा गराउन दबाब बढ्दो छ।

त्यसको अन्तर्य भने फरक छ। खासगरी, राउतका कार्यकर्ताले गौर जाने क्रममा मन्त्री यादवमाथि आक्रमण प्रयास गरेका थिए। प्रहरीका अनुसार मन्त्री यादव आउने त्यसअघि नै जानकारी पाएका राउतका कार्यकर्ता लाठी र भाटा बोकेर बिहानैदेखि गौरमा भेला हुन थालेका थिए। गौरको बीपी चोकमा भेला भएका उनीहरूलाई प्रहरीले अगाडि बढ्न दिएको थिएन। एक सयभन्दा बढीको संख्यामा राउतका कार्यकर्ता मन्त्री यादवलाई आक्रमण गर्न र उनी प्रमुख अतिथि रहेको कार्यक्रम बिथोल्न भेला भएका थिए।

ठूलो संख्यामा राउतका कार्यकर्ता भेला भएको देखेर कतिपय स्थानीय सञ्चारकर्मी पनि सम्भावित भिडन्तको त्रासका कारण कार्यक्रम स्थल नगई बीचबाटै फर्केका थिए। ९ पुसदेखि सिरहाको औरही गाउँपालिकाबाट किसान आन्दोलन थालेको राउतको पार्टीले मधेश प्रदेशका आठ जिल्लामा मन्त्रीहरूलाई प्रवेश निषेध गरिएको घोषणा गरेको थियो। किसानको माग सम्बोधन नहुन्जेल मन्त्रीहरूलाई आठवटै जिल्लामा प्रवेश गर्न नदिइने घोषणा उक्त पार्टीको थियो।

मन्त्री यादव आउने थाहा पाएपछि प्रहरीको घेरा तोडेर उनीमाथि आक्रमण गर्ने, गाडी तोडफोड गर्ने, जलाउने योजनाका साथ गौरको बीपी चोकमा राउतका कार्यकर्ता भेला भएको रौतहटका एक प्रहरी अधिकृत बताउँछन्।

पुस तेस्रो सातादेखि राउतको पार्टीले मधेशका आठ जिल्लामा आम हडताल घोषणा गरेको थियो। तर, जनस्तरबाटै आम हडतालको अवज्ञा भयो। र, उक्त पार्टीको आम हडताल विफल भयो। त्यसपछि राउतको पार्टीका कार्यकर्ता मन्त्रीहरूलाई कालोझण्डा देखाउने, गाडी तोडफोड गर्ने गतिविधिमा देखिन थाले।

राउतका कार्यकर्तासँग मन्त्री यादवको जम्काभेट हुन नसक्ने गरी प्रहरीले गौरभन्दा तीन किलोमिटर वरै दालमिल भन्ने स्थानबाट सबगडाको बाटो आँखा अस्पताल हुँदै उनलाई कार्यक्रम स्थल पुर्‍यायो। मधेश प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादवले भने मुख्य सडकबाटै कार्यक्रम स्थल लैजान प्रहरीलाई भनेका थिए। तर, प्रहरीले सम्भावित अप्रिय घटना हुन नदिन अर्को बाटोबाट उनीहरूलाई कार्यक्रम स्थल पुर्‍यायो। प्रहरीले ‘मुढेबल नगरौँ, अप्रिय घटना भयो भने समस्या हुन्छ’ भन्दै उनीहरूलाई अर्को बाटोबाट कार्यक्रम स्थल पुग्न ‘कन्भिन्स’ गर्‍यो।

कालोझण्डा देखाउने मात्र नभई कार्यक्रम बिथोल्ने र आफूमाथि आक्रमण नै गर्ने राउतका कार्यकर्ताको हर्कत मन्त्री यादवलाई पाच्य हुने कुरा भएन। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अन्तिम समयमा आएर उनले राउतमाथि आक्रोस पोखिन्। र, विगतमा भएका गम्भीर घटना खोतल्दै राउतले पनि त्यस्तै परिणाम भोग्नुपर्ने चेतावनी दिइन्। तर, बोल्ने क्रममा उनको ‘टङ स्लिप’ भयो र राउतको हत्या हुन सक्ने शब्द चयन गर्न पुगिन्। तर, त्यसक्रममा पनि राउतलाई ‘डाक्टर साब’ भन्न छुटाएकी थिइनन्।

त्यसअघि पनि जनकपुरमा मन्त्री यादवसहित जसपा अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए।

मधेशमा उक्त पार्टीको मुख्य निशानामा अहिले जसपा नै छ। किनकि, जसपाको बलियो जग नभत्काउँदासम्म आफ्नो पार्टीका पक्षमा जनमत तयार नहुने सीके राउतको विश्लेषण हुन सक्छ।

पालिका, प्रदेश र संघीय सरकारमा समेत जसपा सहभागी छ। राउत आफैँले भन्ने गरेका छन्, ‘माग सम्बोधन गर्नुपर्ने सरकारमा जसपा नै भएका कारण उक्त पार्टीको विरोध गरिरहेको देखिएको हो।’ संघीय सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री जसपा नेता महिन्द्र राय यादव छन्। मधेश प्रदेशमा पनि कृषिमन्त्री जसपाकै विजय यादव र राज्य मन्त्री सोही पार्टीका योगेन्द्र राय यादव छन्।

जसपा आफैँ पनि तीनवटा मधेश आन्दोलनको जगबाट खडा भएको पार्टी हो। मधेशमा अन्य दलको तुलनामा जसपा नै बलियो देखिन्छ। र, पहाडमा पनि संगठन विस्तार गरिरहेको छ। जसपालाई कमजोर नबनाएसम्म मधेशका जिल्लाहरूमा आफ्नो पार्टीको आधार तयार नहुने राउतले बुझेका छन्। त्यसैले जसपाका नेता, कार्यकर्तामाथि निशाना साँधिरहेका छन्। जुनसुकै कार्यक्रममा पनि राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र उक्त पार्टीका नेताहरूलाई गाली गर्न छुटाउँदैनन्।

त्यसरी उपेन्द्र यादवलाई उनले निशाना बनाउन थालेको ७ भदौ ०७५ देखि हो। त्यसदिन बर्दिया पुगेका यादवलाई राउतका कार्यकर्ताहरूले कालोझण्डा देखाएका थिए। त्यसयता राउत र उनको पार्टीका कार्यकर्ताले जसपा नेताहरू माथि निरन्तर निशाना साँध्दै आएका छन्।

पछिल्लो समय मधेश प्रदेशमा राउत नेतृत्वको पार्टीले ‘किसान आन्दोलन’ चलाइरहेको छ। गाउँपालिकाले किसानलाई गहुँको बीउ वितरण गर्न ढिलाइ गरेको बताउँदै ९ पुसमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर राउतको पार्टीले आन्दोलन थालेको थियो। उक्त पालिकाका अध्यक्ष सिद्धार्थ यादव माओवादी केन्द्रबाट र उपाध्यक्ष सीताकुमारी जसपाबाट निर्वाचित भएका हुन्।

सोही दिन जनमत पार्टीकै अगुवाइमा स्थानीय स्वास्थ्य चौकीमा राखिएको बीउ किसानहरूले लुटे। त्यसपछि प्रशासनले जनमत पार्टीका कार्यकर्तासहित आन्दोलनकारी किसानविरुद्ध मुद्दा चलायो। त्यही घटनामा पक्राउ परेका आफ्ना कार्यकर्तालाई यातना दिइएको दाबी गर्दै राउतले सिरहाका तत्कालीन प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेलाई ‘जनकारवाही’ गर्ने धम्की दिए।

आफ्ना कार्यकर्ता र किसानहरू माथि झुटो मुद्दा लगाएको दाबी गर्दै राउतको पार्टीले १० पुसमा चक्काजाम घोषणा गर्‍यो। चक्काजाम असफल पार्न जसपाले प्रहरी लगाएर दमन गरेको आरोप उक्त पार्टीको छ। ११ पुसमा सडकमा जनमत पार्टीका कार्यकर्ताले ताण्डव नै देखाए। सडकमा निस्केका सवारी साधनमाथि अन्धाधुन्द तोडफोड गरे।

सिरहाबाट शुरु भएको ‘किसान आन्दोलन’ अहिले तराईका जिल्लाहरूमा विस्तार गर्ने क्रममा छन्, राउत। आन्दोलन शुरु गरेयता आफ्नो पार्टीका कार्यकर्तालाई धरपकड र दुःख दिन जसपाका नेताहरू लागिपरेको आरोप पनि राउतको छ। एक हिसाबले अहिले जसपासँग भिड्दै मधेश प्रदेशमा आफ्नो राजनीतिक ‘स्पेस’ बनाउने ध्याउन्नमा छन्, राउत। गौरमा मन्त्री यादवको अभिव्यक्ति त्यही अन्तरद्वन्द्वको उत्कर्ष मात्र हो।

यो पनि पढ्नुहोस्

‘शान्तिपूर्ण राजनीति’का नाममा मधेशमा सीके राउतको ताण्डव
Previous Post

मृत अवस्थामा फेला

Next Post

अवैध लागूऔषध सहित पक्राउ

Related Posts

कुलमानको बिजुली बट्टा
feature-news-with-image

कता गए नाति राजाका जन्ती ?

२०८० मंसिर १६ गते, १३:३९ बजे प्रकाशित
१९ वर्षदेखि दलालले बेपत्ता बनाएकी छोरी खोजिरहेका बाबु-आमा !
लङरिड

१९ वर्षदेखि दलालले बेपत्ता बनाएकी छोरी खोजिरहेका बाबु-आमा !

२०८० मंसिर १४ गते, १०:४० बजे प्रकाशित
मेयर–उपमेयर विवाद उत्कर्षमा, शिक्षक धर्नामा !
लङरिड

मेयर–उपमेयर विवाद उत्कर्षमा, शिक्षक धर्नामा !

२०८० मंसिर १३ गते, ९:४९ बजे प्रकाशित
२५ पटकका विश्‍व कीर्तिमानी थानेश्‍वर, नेपालबाट कस्ता रेकर्ड?
लङरिड

२५ पटकका विश्‍व कीर्तिमानी थानेश्‍वर, नेपालबाट कस्ता रेकर्ड?

२०८० मंसिर १२ गते, १४:०७ बजे प्रकाशित
के दुर्गा प्रसाईंका माग जायज छन् ?
लङरिड

के दुर्गा प्रसाईंका माग जायज छन् ?

२०८० मंसिर ११ गते, १७:१९ बजे प्रकाशित
निर्दोष भारतीय पत्रकार कसरी थुनिए नेपालमा?
लङरिड

निर्दोष भारतीय पत्रकार कसरी थुनिए नेपालमा?

२०८० मंसिर १० गते, १५:४० बजे प्रकाशित
Next Post

अवैध लागूऔषध सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist