काठमाडौं- चितवन खैरहनी नगरपालिका-१ शाही चोकस्थित सडकमा ना.३ त ५५५३ नम्बरको ट्याक्टरले प्रदेश ३-००५ प २६५४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका-८ बस्ने २० वर्षीया सुजिता चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बकुलर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रौतहट फतुवा विजयपुर नगरपालिका-९ बडहर्वास्थित भित्री सडकमा अनटेष्ट लेखिएको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने सनोज कुमार यादवको छोरा ४ वर्षीय यश यादवको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।