बझाङ– बझाङमा २८ वर्षीया महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन्।
छबिसपाथिभेरा गाउँपालिकाकी शारीरिक रूपमा असक्त एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो।
घरमा कोही नभएको अवस्थामा असक्त महिलालाई बलात्कार गरिरहेका बालकलाई महिलाको आमाले देखेपछि फरार भएका थिए। प्रहरीले बालकलाई खोजी गर्दै जाँदा भेटेर पक्राउ गरेको बताएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ल प्रहरीले बताएकाे छ।