काठमाडौं– पूर्वमन्त्री रामकुमार श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहरिएका छन्। सोमबार विशेष अदालतले श्रेष्ठलाई दोषी ठहर गरेको हो। विशेषका न्यायाधीश मुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेकाे हाे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवसमेत रहेका श्रेष्ठ, श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दावी गरेको थियाे।
उनी तत्कालीन माओवादीको कोटाबाट खिलराम रेग्मी नेतृत्वको चुनावी सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए।
उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा बनेका थिए।