काठमाडौं– नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ। सोमबार भएकाे समूहगत चरणको अन्तिम खेलमा मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालल सेमिफाइनल प्रवेश गरेकाे हाे।
नेपालका लागि खेलकाे १८ औँ मिनेटमा प्रशान्त लक्समले गाेल गर्दै अग्रता दिलाए। त्यस्तै समिर तामाङले ३० औँ मिनेटमा गाेल गर्दै नेपालकाे अग्रता दोब्बर बनाए।
त्यस्तै ८६ औँ मिनेटमा निराजन धामीले नेपालकाे लागि तेस्रो गोल गरे भने इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो।
खेलकाे ५८ औँ मिनेटमा २-० गोल अन्तरले पछाडि परेको मालदिभ्सले एक गोल फर्कायाे तर त्याे उसकाे जितकाे लागि पर्याप्त थिएन।
खेलमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाए।
अब नेपालले सेमिफाइतलमा भारत वा भुटानमध्ये एक प्रतिस्पर्धी पाउनेछ। सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ।