काठमाडौं– नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको छ।
टक्सार महाशाखाले १० र २५ ग्रामका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो। याे सिक्कामा दर उल्लेख छैन्। चाँदीकाे ताैलकाे आधारमा मूल्य निर्धारण गरिन्छ। दर उल्लेख नगरिएको सिक्कालाई मेडालियन भनिन्छ।
१० ग्राम सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपैयाँ तोकिएको टक्सार महाशाखाले जनाएकाे छ।
राष्ट्र बैंकसँग मौज्दातमा रहेकाे चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ। सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको छ।