काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को सचिवका लागि भएको निर्वाचनमा सचिवका आकांक्षी पारस खड्काले एक मतले अग्रता लिएका छन्।
सचिवको लागि खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएकाे छ। २५ मत गन्दा पारसले १ मतले अग्रता लिएका छन्।
उनले १३ मत ल्याउँदा प्रतिस्पर्धी प्रशान्तले १२ मत ल्याएर पारसलाई पछ्याइरहेका छन्।
एक सचिव र १० केन्द्रीय सदस्यका लागि भएकाे निर्वाचनकाे मतगणना जारी छ।