भक्तपुर- सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चा डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका घर भएका अभिसेक रम्तेलको ३ महिनाको छोराको आइतबार बिहान निसास्सिएर मृत्यु भएको छ ।
अभिसेक, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र छोरा बिहान अवेरसम्म नउठेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले अशक्त अवस्थामा फेला पारी उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा छोराको मृत्यु भएको हो । अभिसेक र पसुनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त कोठामा कराइमा आगो बालेको फेला परेको छ ।