रुकुम (पश्चिम) – चौरजहारी नगरपालिका-६ शान्ती बजार बस्ने रिम बहादुर रोकायको गत पुस २० गते जन्म भएको छोराको आइतबार बिहान जलेर मृत्यु भएको छ । बच्चालाई चुलोको नजिक ओछ्यानमा सुताई रिम बहादुरकी श्रीमती बाहिर रहेको अवस्थामा ओछ्यानमा आगो सल्किएर उनको जलेर मृत्यु भएको हो ।