गएको २४ घण्टामा नेपालमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१७ हजार ४३७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा १३ हजार ३७७ पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ जना र ४ हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
केही दिन यताको तुलनामा आज संक्रमण ह्वात्तै घटेको छ। हिजो नेपालमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हिजाे २० हजार १८७ जनाकाे परीक्षण गरिएकाे थियाे।
साथै, १६ जना संक्रमितको मृत्यु भएको थियो।
यस्तै, आज संक्रमणका कारण ४ जनाको ज्यान गएको छ।
आज काठमाडौं उपत्यकामा ३ हजार ७९१ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका मात्र थिए।
आज २१५ आईसीयूमा उपचाररत रहेकोमा ४७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।