काठमाडौं- झापा बिर्तामोडस्थित पश्चिम बसपार्कमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको छ।
प्रहरीका अनुसार प्रेसर कुकर बमजस्तो देखिने वस्तुसँगै ‘हिमाल सुरक्षा परिषद्’ नामक संगठनको पर्चा पनि फेला परेको छ। शंकास्पद वस्तु देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले चारआलीस्थित सेनाको नयाँ श्रीनाथ गणको टोली बोलाएको थियो। सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निश्क्रिय बनाएको छ। प्रमुख सेनानी अमरजंग थापाका अनुसार तार गुजुल्टो पारेर राखिएको उक्त वस्तु विष्फोट गराउनेभन्दा तर्साउने उद्देश्यले राखिएको अनुमान छ।
