काठमाडौं- काठमाडौं महानगरपालिका-६ बौद्धस्थित टहरामा थान्का पसल राखी बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-२ घर भएका ६८ वर्षीय जित बहादुर दमाई पसलभित्रै शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित भित्रीसडकको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष र काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित पुलमुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन भरतपुर महानगरपालिका-९ स्थित टिकौली जङगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ याङसोला बस्ने ५४ वर्षीय किन्दार मान राई सोही ठाउँस्थित बारीको ढुंगाको चेपमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापा बिर्तामोड नगरपालिका-५ धिमाल चोक बस्ने पाँचथर याङबरक गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष थेवे आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पश्चिम) रामग्राम नगरपालिका-९ पिपरहियास्थित बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।