काठमाडौं- ललितपुर ललितपुर महानगरपालिका-३ पुल्चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ५ सय ट्याब्लेट सहित धनुषा जनकपुर नगरपालिका-६ घर भएका ३५ वर्षीय राजेश साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा उनलाई प्रहरीले फेला पारी तलासी गर्दा साथमा रहेको उक्त परिमाणको लागूऔषध फेला परेको हो । उनी उपर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सुर्खेत बीरेन्द्रनगर नगरपालिका-८ सिमलचोक बस्ने २४ वर्षीय ईश्वर राना लगायत ३ जनालाई करिब ८ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बारा जितपुरसिमरा उपमहानगरपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाइलेक्स डिसि १ सय १० बोतल सहित मकवानपुर कैलाश गाउँपालिका-९ घोरङ बस्ने २२ वर्षीय नबराज तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बा.५१ प ८३७५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।