सिरहा- लहान नगरपालिका-७ स्थित छाप्रोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय ईनुस मोहम्द लगायत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त छाप्रोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।