काठमाडौं- धनुषा धनुषाधाम नगरपालिका-६ मालटोलस्थित आँपको बगैचामा हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङ राजपुर गाउँपालिका-७ गल्छिस्थित राप्ती नदीको किनारमा तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय डम्मर बहादुर खड्का बुधबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी रुरुक्षेत्र गाउँपालिका-२ स्थित बेसिका चौर सामुदायिक वनमा सोही ठाउँ बस्ने ४८ वर्षीय सूर्य बहादुर सुनार बुधबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा जिराभवानी गाउँपालिका-१ स्थित जिराभवानी मन्दिरमा पुजापाठ गर्ने पुजारी भारत ईलहावाद घर भएका ६० वर्षीय भगवत्ती प्रसाद भन्ने नन्देबाबा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।