काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोकमा हाल नम्बर नखुलेको टिपरमा प्रदेश नम्बर ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सल्लाघारी बस्ने मोरङ पथरी घर भएका २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाँकाल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार काभ्रे बनेपा बस्ने नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी राजगढ गाउँपालिका-६ फकिरास्थित सडकमा स.१ त ७९१७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने १२ वर्षीय गोपाल खङ्काको मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।