काठमाडौं – कास्की पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालको किनारमा पोखरा महानगरपालिका-२४ बस्ने ८१ वर्षीय धन बहादुर सार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली दुधौली नगरपालिका-१२ खानिटार बस्ने १८ वर्षीय जित बहादुर मोक्तान सोही ठाउँस्थित भालुटार सामुदायिक वनको सेपेली पाखामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत मंसिर २२ गतेदेखि हराई बेपत्ता रहेका उनको उक्त पाखामा सडिगलेको अवस्थामा शव फेला परेको हो ।
बाँके राप्तीसोनारी गाउँपालिका-४ गुर्दिनगौडी बस्ने दिपक परीयारकी छोरी १० वर्षीया डल्ली परियार घर नजिकै रहेको गुर्दिनगौडी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । घरमा कोही नभएको अवस्थामा बिहीबारबाट हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा डुबेको अवस्थामा शव फेला परेको हो ।