काठमाडौं – सर्लाही मलंगवा नगरपालिका-८ लच्काबाट भारत सितामढी सोनबर्षा ग्राम-९ बस्ने ३२ वर्षीय अजय कुमार महतोलाई ७५ पिस नियन्त्रित लागूऔषध नाईट्राभेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया बढैयाताल नगरपालिका-८ इँटाभट्टा नजिकबाट गुलरिया नगरपालिका-४ तुलापुर बस्ने २० वर्षीय बिपिन सुनारलाई करिब ३ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भे.९ प ७६६९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।