काठमाडौं – दाङ घोराही उपमहानगरपालिका-१५ दिपशीका चोकस्थित मानब समाज कल्याण सेवा घरमा रहेका हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङ बबई गाउँपालिका-५ बगरपुर बस्ने ३५ वर्षीय धनी कुमारी खड्का आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
सप्तरी शम्भुनाथ नगरपालिका-७ दुर्गापुर बस्ने ४२ वर्षीया पार्वती खंग खत्बे आफ्नै घरबाट करिब ५ सय मिटर टाढा रहेको खेतमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
ताप्लेजुङ फुङलिङ नगरपालिका-४ स्थित होटलमा काम गर्ने भारत बिहार घर भएका २१ वर्षीय दिल खुस शर्मा सोही होटलको बाथरुमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बाथरुमा लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका-९ प्रभातपथस्थित निर्माणाधिन भवनमा लेबर काम गर्ने हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोही भवनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँ ब्यास नगरपालिका-११ दरैपधेरास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाको सोधपुछ तथा अनुसन्धानको लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा आधिखोला गाउँपालिका-५ लाकुरीस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।