काठमाडौं -जाजरकोट कुशे गाउँपालिका-५ खुर्पाखोलास्थित सडकमा प्रदेश नम्बर २-०३-००१ त २७३६ नम्बरको ट्याक्टर सडकबाट खसेर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कुशे गाउपालिका-५ बस्ने २६ वर्षीय मान बहादुर बिक र सोही ठाउँ बस्ने ४० वर्षीय ओमप्रकाश मल्ल रहेका छन् । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देही देवदह नगरपालिका-६ गिद्दभिरस्थित सडकमा लु.२ ख ५९५० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका-१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको छ ।