सुनसरी -कोशी गाउँपालिका-३ कोशीटप्पु जाने सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ट्रलीमा उखु लोड गरी डोरी बाध्ने क्रममा ट्रली पल्टिएर किच्दा सोही ठाउँ बस्ने ४० वर्षीय कुमार उराउको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने विन्देश्वर ईशारको खेतको उखु लोड गरी डोरीले बाध्ने क्रममा उक्त ट्रली एक्कासी पल्टिदा घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय बिष्णु उराउ लगायत ३ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिश्चार्ज भएका छन् ।