सुनसरी -ईनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।