सर्लाही -बलरा नगरपालिका-८ गडहिया बस्ने ५५ वर्षीया ईसकुलन खातुनको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर अगाडि बसिरहेको अवस्थामा घर माथि रहेको बिजुलीको तार अचानक सर्ट भई तार चुडिएर शरीरमा खस्दा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।