मोरङ -लेटाङ नगरपालिका-२ फडानीस्थित ७० वर्षीय डम्बर बहादुर भुजेलको घरको आँगनमा सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेम बहादुर बुढाथोकी सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
टाउको तथा अनुहारमा चोट लागेर बुढाथोकी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले डम्बर बहादुरलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।