काठमाडौं -काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट भारत मोतिहारी रक्सौल बस्ने ३० वर्षीय प्रेम कुमार महतोलाई नियन्त्रित लागूऔषध २ सय एम्पुल डाईजेपाम, २ सय एम्पुल नुफिन र २ सय एम्पुल फेनारगन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२-००३-००१ ख ३६२२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट बर्दिया राजापुर नगरपालिका-४ बस्ने २३ वर्षीय फहेस खाँलाई २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली टीकापुर नगरपालिका-७ सत्तीबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रित लागूऔषध ३५ क्याप्सुल स्पास्मो प्रोक्सिभन सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित सडक किनारमा से.४ प ६७५६ नम्बरको मोटरसाइकल पार्किङ गरी शंकास्पद तवरले बसिरहेका प्रकाशलाई प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।