काठमाडौं -काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडक छेउमा सोही क्षेत्रमा मागी खाई हिँडने गरेका पाल्पा शान्ति नगरपालिका-९ घर भएका ३३ वर्षीय शंकर पाण्डे आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईट डेरा गरी बस्ने काभ्रे रोसी गाउँपालिका-१० वाल्टिङ घर भएका ४२ वर्षीय विवेक तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् । विगत ३ महिनादेखि सोही ठाउँमा खाजा घर संचालन गरी बस्ने उनी शनिबार राति खाना खाई सुतेकोमा बिहान मृत फेला परेका हुन् ।
मोरङ पथरी शनिश्चरे नगरपालिका-६ झोडा बस्ने ४९ वर्षीय राम प्रसाद चापागाई आफ्नै घरदेखि २ सय मिटर टाढा कल्भर्डको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।