पाल्पा -रिब्दिकोट गाउँपालिका-७ डबका बस्ने ४३ वर्षीय कृष्ण रेश्मीको गोठमा भैंसीलाई पानी तताउन बालेको आगोबाट आगो सक्किएर आइतबार बिहान आगलागी हुँदा करिब ३ तोला बराबरको सुनका विभिन्न गहना तथा लत्ताकपडाहरु जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।