बाँके -राप्ती सोनारी गाउँपालिका-६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी शनिबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुर र अस्थाई प्रहरी पोष्ट फत्तेपुर ‘ख’ बाट खटिएको संयुक्त प्रहरीले खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो ।