काठमाडौं -सर्लाही बरहथवा नगरपालिका-१० बस्ने ३३ वर्षीया साबित्री देवी राम सोही नगरपालिका-१० कटानीस्थित उखुबारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
पाल्पा तानसेन नगरपालिका-६ कुनसरे बस्ने ६५ वर्षीया सरस्वती घर्ति आफ्नो घरदेखि करिब ३ सय मिटर टाढा भिरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
सल्यान दार्मा गाउँपालिका-५ ढाकाडाम बस्ने ७२ वर्षीया रेल्मी कामी सोही ठाउँस्थित सगुनगारे भिरबाट लडेर बिहीबार मृत अवस्थामा फेला परेकी छन्।