ललितपुर -कोञ्ज्योसोम गाउँपालिका-३ दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
सोही गाउँपालिका-२ शंखुस्थित बा.३ ख ४१०८ नम्बरको बस रोकी बस चालक घिमिरे पिसाब फेर्न जाने क्रममा बिद्युतको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कीर्तिपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।