काठमाडौं -काठमाडौं महानगरपालिका-७ गौरीघाट खरिबोट डेरा गरी बस्ने काभ्रे घर भएकी देवकी त्रिपाठीको कोठामा कोही नभएको अवस्थामा बाट नगद ५० हजार रुपैयाँ तथा विभिन्न सुनका गहना समेत गरी करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
ललितपुर ललितपुर महानगरपालिका-१८ भैसेपाटी शान्तीमार्ग थापागाउँस्थित मुनु गुरुङको घरबाट नगद ५० हजार रुपैयाँ, २ थान घडी, सुनको सिक्का र सुनको लकेट समेत गरी करिब २० लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
चोरी भएको खबर प्राप्त हुनासाथ नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।