कैलाली -धनगढी उपमहानगरपालिका-५ तारानगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको स्टोर रुममा विजुलीको तार सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा २ थान फ्रिज, १ थान कुलर, १ थान तौल गर्ने मेसिन, औषधि लगायत विभिन्न -सामानहरू जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रयोगशालाका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।