ओखलढुंगा -चिसंखुगडी गाउँपालिका-८ बस्ने कुमार राईको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर र नगद ५० हजार रुपैयाँ जलेर करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।