कैलाली -धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने पर्शुराम बानियाको घरबाट १० तोला सुनका विभिन्न गहना, २ थान मोबाईल र नगद ४५ हजार रुपैयाँ आइतबार साँझ चोरी भएको छ ।
बानियाको घरमै डेरा गरी बस्ने भारत घर बताउने करिब ४० वर्षीय पुरुषले नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा मिठाई खान दिई घरका मानिसहरुलाई बहोस बनाई उक्त धनमाल चोरी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।