सिरहा -गोलबजार नगरपालिका-६ बस्ने आनन्द साहको देव किराना पसलमा आइतबार बिहान आगलागी हुँदा नगद २ हजार रुपैयाँ तथा विभिन्न सामान जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले सशस्त्र प्रहरी बल नेपाल, दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।