झापा -कमल गाउँपालिका-२ क्याम्पा बस्ने ८२ वर्षीया भोज कुमारी दर्जी शिवसताक्षी नगरपालिका-१० माईदारस्थित माईखोलामा शनिबार मृत अवस्थामा फेला परेका छिन् । माईखोलामा मलामी आई माईखोला पारी छोरीको घरमा जान्छु भनि हिँडेकी उनी घरमा नपुगेपछि खीजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
सिन्धुली तिनपाटन गाउँपालिका-८ महाभारत जंगलस्थित जोरसल्ला भन्ने स्थानमा सोही ठाउँस्थित रातमाटा टोल बस्ने ९४ वर्षीया नन्द माया सार्की शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
बाँके जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने मुन्ना शेषको छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घर नजिक रहेको पानीको तलाउमा शनिबार मृत अवस्थामा फेला परेका छन् । पुस १३ गते साँझ आफ्नै घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त तलाउमा शव फेला परेको हो ।