मकवानपुर भिमफेदी गाउँपालिका-१ किसेडी बस्ने २८ वर्षीय रुपेश पाख्रिन सोही ठाउँस्थित राकस खोल्सीको शिर जङ्गलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उक्त स्थानमा १ थान भरुवा बन्दुक समेत फेला परेको छ ।
रुपन्देही बुटवल उपमहानगरपालिका-२ भिमसेन टोलस्थित हाल नाम, थर, वतन नखुलेका करिब ५६ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देही बुटवल उपमहानगरपालिका-६ ब्लड बैंकस्थितमा हाल नाम, थर, वतन नखुलेका ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।