काठमाडौं- ललितपुर ललितपुर महागरपालिका-२१ खोकनास्थित बुद्ध बलले संचालन गरेको बुद्ध लामा ईन्टर प्राईजेज, हार्डवयर पसलमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा पसल जलेर करिब ९६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ भोर्लेनी बस्ने ३० वर्षीय दिपक खड्काको घरमा बिहीबार साँझ आगलागी हुँदा घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सोही ठाउँस्थित सडकमा काम गर्ने कामदारले खाना पकाउने क्रममा घरभित्र राखेको परालबाट आगो सल्किएर आगलागी भएको बताइएको छ ।
सर्लाही बिष्णु गाउँपालिका-६ स्थित जनता प्राबि सिमराको कोठाभित्र बिहीबार राति आगलागी हुँदा कोठाभित्र रहेको १ सय २१ बोरा सेनरेटरी प्याड समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।