काठमाडौं- झापा दमक नगरपालिका-९ बाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुसगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने भारत घर भएका ३४ वर्षीय मोहमद इस्ताकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ तुलसीपुर उपमहानगरपालिका-७ साहरनगर टोल बस्ने ३० वर्षीय कैलाश नेपालीलाई १ ग्राम २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ थान खुकुरी, १ थान खुडा र २ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कैलाशले लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।
मोरङ बिराटनगर महानगरपालिका-१४ कोशी राजमार्गको नहरचोकबाट ३ ग्राम ७ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय निशान चौधरी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । रानीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०४६ प ११८७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार निशानको साथबाट उक्त पदार्थ सहित फेला पारी निशान र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो ।