काठमाडौं -भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा बा.४ च ५७६ नम्बरको कार आफैँ अनियन्त्रित भई बा.२ ज ५३३८ नम्बरको ट्याक्सी र बिग्रिएर रोकी राखेको बा.२ ख ४०४० नम्बरको बसमा ठक्कर खाई बुधबार राती दुर्घटना हुदाँ कारमा सवार काठमाडौं शान्तिनगर बस्ने धनुषा जनकपुर उपमहानगरपालिका-१५ घर भएका २२ वर्षीय अभिषेक शाहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालक सिन्धुली कमलामाई नगरपालिका-१२ बस्ने २५ वर्षीय सबिन घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा मिथिला नगरपालिका-९ बडहरीस्थित सडकमा बा.४ ख ५३४३ नम्बरको हाईस गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गोविन्द मगरको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा मिथिला नगरपालिका-६ ढल्केवरमा स.९ प ९८७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरहा मिर्चैया नगरपालिका-७ बस्ने ४० वर्षीया सन्तोषी देवी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सन्तोषीका श्रीमान ४२ वर्षीय प्रमेश्वर साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी (पूर्व) कावासोती नगरपालिका-११ लौगाईस्थित सडकमा लु.२७ प ३१६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८ वर्षीया सरस्वती गौतमको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।