काठमाडौं- कपिलवस्तु वाणगंगा नगरपालिका-१ दर्खास्तस्थित सडकमा बा.६ च ११६४ नम्बरको कारलाई ना.४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिंदा ना.५ ख ३३८७ नम्बरको बसमा कार ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा कारका चालक वाणगंगा नगरपालिका-२ बस्ने ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कारमा सवार २ जना र बसमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पश्चिम) बर्दघाट नगरपालिका-८ भुताहा भानुनगरस्थित सडकमा बा.७ च ४९९ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५१ वर्षीया सपना कुवरको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त पिकअप आफै अनियन्त्रित भई सडकको छेउमा रोकी राखेको लु.१ प ४६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिई पुनःपैदलयात्री सपनालाई ठक्कर दिएको हो । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।